दफा १६
हेरफेरको सूचना गर्नु पर्ने

(१) यो ऐन बमोजिम परिषद्को लगतमा नाम दर्ता भएको खेलकूद सम्बन्धी संस्थाले दफा १४ बमोजिम नाम दर्ताको लागि दिएको दरखास्तमा उल्लेख भएको व्यहोरा वा दरखास्त साथ संलग्न विधानको व्यहोरामा कुनै हेरफेर भएमा त्यसरी हेरफेर गर्नु परेको कारण सहितको सूचना पन्ध्र दिन भित्र परिषद्लाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम हेरफेरको सूचना प्राप्त भएपछि त्यस्तो हेरफेर गर्नु पर्ने कारण मनासिव देखेमा परिषद्ले त्यस्तो हेरफेरको व्यहोरा लगतमा जनाई लगत अद्यावद्यिक बनाई राख्नु पर्नेछ ।